Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकर फर्छ्यौट आयोगका तत्कालिन पदाधिकारी शर्मासहित तीन जनालाई नौ वर्ष कैद

कर फर्छ्यौट आयोगका तत्कालिन पदाधिकारी शर्मासहित तीन जनालाई नौ वर्ष कैद


काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।शर्मा र उमेशप्रसाद ढकाललाई ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिनाको कैद सजाय सुनाइएको हो ।

विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार यस्तो सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएको भएपनि सजाय तोकिएको थिएन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध २०७४ सालमा राज्यलाई नोक्सान हुने गरी व्यापारीहरुलाई कर छुट दिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। दुई वर्ष अघि दायर अकुत आर्जनमा भने तीनै जनाले सफाइ पाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ