Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वास्थ्य शिविरमार्फत २ सय विरामीलाई लाभ, नेपालट्युबका नेपाल सम्पादक सम्मानित !

स्वास्थ्य शिविरमार्फत २ सय विरामीलाई लाभ, नेपालट्युबका नेपाल सम्पादक सम्मानित !


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ र युनार फर्मास्युटिकल्स प्रालीको संयुक्त आयोजनामा सञ्चालित एकदिने स्वास्थ्य शिविरमा नेपाल ट्युबका नेपाल सम्पादक समेत रहनुभएका ग्लोबल टेलिभिजनका कार्यक्रम प्रस्तोता पुण्यप्रसाद धमला सम्मानित हुनुभएको छ । गोल्फुटारस्थित महाकाँल स्वास्थ्य चौकीमा आयोजिक एकदिने छाला तथा सौन्दर्य परामर्श शिविरमा सम्पादक धमलासहित ४ जना व्यक्तित्वलाई सम्माननित गरिएको हो ।

एकदिने शिविरबाट बुढानिलकण्ठ नगर क्षेत्रका २ सय जना विरामीले स्वास्थ्य जाँच तथा औषधीको सुविधा लिएका छन् । विहान ९ बजेबाट साँझ ४ बजेसम्म सञ्चालित शिविरमा उपस्थित भएका २ सय विरामीको स्वास्थ्य जाँच डा. मेडिना शाक्यले गर्नुभएको थियो । शिविर व्यवस्थापनमा सक्रिय रुपमा खड्नुभएका वडा सदस्य सविन अधिकारीले छोटो समयको प्रयासमै सफल भएको दाबी गर्दै थप स्वास्थ्यका कार्यक्रम नगर र वडा क्षेत्रबाट जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य शिविरमा साथ दिने चिकित्सक शाक्य र युनार फर्मास्युटिकल्स प्रालीलाई बुढानिलकण्ठ वडा नम्बर ८ को तर्फबाट सदस्य अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । बुढानिलकण्ठ नगर तथा वडा कार्यालयहरुले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिदैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ