Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज धान दिवस तथा रोपाई महोत्सव, नेपालमा आजै दहीच्युरा खाएर असार १५ मनाइदैं !

आज धान दिवस तथा रोपाई महोत्सव, नेपालमा आजै दहीच्युरा खाएर असार १५ मनाइदैं !


काठमाडौं । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन नेपालमा रहेको छ ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । यसैगरी असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा लिइन्छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । सरकारले वर्षमा एकदिन औपचारिक कार्यक्रम गरेर धान दिवस मनाउने गरेको, किसानका मल विउविजनका समस्यमा सरकार गम्भिर नभएको गुनासो बारम्बार किसानबाट हुने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ