Monday, 6 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थबाट क्यान्सरको जोखिम : डब्ल्यूएचओ

कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थबाट क्यान्सरको जोखिम : डब्ल्यूएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिन गुलियोले क्यान्सर हुनसक्ने तर्फ सचेत गराउँदै चेतावनी दिएको छ । कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाउनेतर्फ डब्ल्युएचओले चेतावनी दिएको हो ।

एस्पार्टम कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ । गत वर्ष फ्रान्समा एस्पार्टमबारे भएको एउटा अनुसन्धानले क्यान्सरको खतरा उच्च बनाउने देखाएको थियो । आर्टिफिसियल स्विटनर सेवन गर्ने १ लाख मानिसमा गरिएको अध्ययनपछि कृत्रिम मिठास भएका पेय तथा खाद्य पदार्थको अधिक सेवन गर्नेलाई क्यान्सरको जोखिम उच्च हुने निष्कर्ष निकालिएको थियो ।

डब्ल्यूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले अबको १२ दिनमा अर्थात १४ जुलाइमा आधिकारिक रुपमा अध्ययन रिपोर्ट र निष्कर्षको घोषणा गर्ने जनाइएको छ । डब्लुएचओको यो निष्कर्षले बहुराष्ट्रिय कम्पनीहरुमा हलचल नै पैदा गरिदिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ