Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसोलुखुम्वुमा मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, ५ जनै यात्रु मेक्सिकन नागरिक !

सोलुखुम्वुमा मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, ५ जनै यात्रु मेक्सिकन नागरिक !


काठमाडौं । लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेको ८ मिनेटमै दुर्घटनामा परेको हो

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले नेपाल ट्युबलाई जानकारि दिनुभएको छ । घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको बाँस्तोलाले जानकारि दिनुभएको छ । खोजी तथा उद्धारका लागि काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत घटनस्थल पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले जानकारि दिनुभयो ।

उडान भरेको ८ मिनेटमै सम्पर्कबिहिन बनेको हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवार थिए । क्याप्टेन नेपाली रहेको र हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएको मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले जानकारि दिनुभएको छ । बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ