Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमनाङ एयर दुर्घटना अपडेट : पाइलटसहित सबै यात्रुको निधन !

मनाङ एयर दुर्घटना अपडेट : पाइलटसहित सबै यात्रुको निधन !


काठमाडौं । मनाङ एयरको नाइनएनए-एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकन नागरिकको निधन भएको छ । केशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा क्षतविच्छेत अवस्थामा हेलिकप्टर भेटिएको र सबै ६ जनाको शव संकलनको काम भैरहेको जानकारि दिनुभएको हो ।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रारत रहेका थिए । पाइलट नेपाली भएपनि बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारि दिनुभएको छ । यात्रुको पहिचान भने खुलाइएको छैन । उडान भरेको ८ मिनेटमै अनुभवी पाइलट गुरुङले उडाएको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । सन १९९८ देखि उडान शुरु गर्नुभएका ५४ वर्षीया क्याप्टेन गुरुङ पछिल्लो १० वर्ष यता भने मनाङ एयरमा आबद्ध हुनुहुन्थ्यो ।

दुर्घटनामा परेका ५ जना मेक्सिकन यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन् । दुईजना पुरुष र तीन जना महिला रहेको मनाङ एयरले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ