Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविगतमा गम्भिर दुर्घटनाबाट बाँचेका थिए क्याप्टेन गुरुङ, उडानकै क्रममा अस्ताए !

विगतमा गम्भिर दुर्घटनाबाट बाँचेका थिए क्याप्टेन गुरुङ, उडानकै क्रममा अस्ताए !


काठमाडौं । मंगलबार विहान सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको मनाङ एयरको नाइनएनए एमभी कलसाइनको हेलिकप्टर अनुभवी क्याप्टेन चेतबहादुर गुरुङले उडाउनुभएको थियो । गुरुङ तिनै व्यक्ति थिए जो सन् २०१९ को अप्रिलमा ककपिटमै बसिरहेको समयमा उडान भर्दैगरेको समिट एयरकोे ९ एन–एएमएच विमान दुर्घटनामा घाइते हुनुभएको थियो ।

लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको समिट एयरको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँतिर मोडिएर पार्किङ गरी राखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किएको थियो । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो भने क्याप्टेन गुरुङसहित ४ जना घाइते भएका थिए । हेलिकप्टरमाथी बजारिदा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो । अर्का एकले समेत उपचारका क्रममा ज्यान गुमाए । उक्त दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा रहेका चेतबहादुर (सीबी) गुरुङ घाइते भएर ३ महिना अस्पतालमा बस्नु परेको थियो । निको भएर सेवामा खटिएका अनुभवी पाइलट गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिकै दुर्घटना भएको छ । घाइते अवस्थामै अन्तवार्ता दिनेक्रममा आज दुर्घटनामा मृत्यु हुनुभएका क्याप्टेन गुरुङले जहाज अनि पाइलटको गल्ती नभएको उडानका क्रममा कहिलेकाँही यस्तो हुने प्रतिक्रिया दिनुभएको थियो । जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलको भन्दा निकै कम ‘५२७ मिटर’ भएकाले पनि उक्त दुर्घटनालाई जटिल मानिएको थिएन ।

सन १९९८ देखि उडान शुरु गर्नुभएका ५४ वर्षीया क्याप्टेन गुरुङ पछिल्लो १० वर्ष यता मनाङ एयरमा आबद्ध रहनुभएको थियो । ललितपुर उपमहानगरपालिका भैैसेपाटी निवासी गुरुङलाई हेलिकप्टर उडान क्षेत्रमा अनुभवि चालकका रुपमा हेर्ने गरिएको थियो । निक्कै अनुभवी अनि सुझबुझपुर्ण उडान भर्ने उनै क्याप्टेन गुरुङ आफ्नो उडान यात्राको २५ वर्षमा आज अस्ताउनुभएको छ । उडान भरेको ८ मिनेटमै खराब मौसमका कारण हेलोकप्टर रुखमा ठोक्किएर क्षतविच्छेत हुँदा ६ जनाको ज्यान गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ