Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै पशुपति आर्यघाटमा अन्त्यष्टि !

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै पशुपति आर्यघाटमा अन्त्यष्टि !


काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे सीता दाहालको नर्भिक अस्पतालमा निधन भएको प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा.डा. युवराज शर्माले जानकारि दिएका हुन ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने हृदयाघात भएपछि दाहाललाई अस्पताल लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहान ८ बजे अस्पताल लगिएकी दाहालको आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गर्दा समेत सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको हो ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका कारण विहान केही समय अस्पतालमा विशिष्ट व्यक्तित्वहरु र पार्टीका नेता कार्यकर्ताहरुका कारण भीडभाड भएको थियो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ