Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवान एक्स बेटको प्रचार गर्दा पक्राउ कलाकार र युट्युबर धरौटीमा छुटे, कस्तो आउँला अन्तिम फैसला ?

वान एक्स बेटको प्रचार गर्दा पक्राउ कलाकार र युट्युबर धरौटीमा छुटे, कस्तो आउँला अन्तिम फैसला ?


काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार ५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुलाई ५ हजार धरौटीमा छाड्न आदेश दिएसँगै बुधबार नै छाडिएको हो ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले अदाली फैशलासँगै आरोपितहरु छुटेको जानकारि दिनुभयो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पक्राउ गरेको थियो । कलाकार र युट्युबरलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग लगाइएको थियो । उक्त अभियोग अनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अनुसार सजायको माग गरिएको भएपनि तत्काललाई धरौटीमा छाडिएको छ ।

यता, सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ जनही १० लाख रुपैयाँ र ५ लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गर्दै अदालतमा मुद्धा दर्ता गराएको छ । यो मुद्धाको अन्तिम किनारा लाग्न भने बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ