Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्ने गृहकार्यमा सरकार

सामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्ने गृहकार्यमा सरकार


काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्ने गरी गृहकार्य अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभामा बोल्दै सामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्न ढिलाई भएको र आगामी आर्थिक वर्षभित्रै योजना सफल हुने जानकारि दिनुभएको हो ।

बजेटमा सांसदहरूले उठाएको सवालको जवाफ दिँदै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको जानकारी दिनुभयो । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति समेत मन्त्रिपरिषद्‍मा लैजाने तयारी भैरहेको उहाँले बताउनुभयो । नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चिततामा भने सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग र साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतीपुर्ण रहेको समेत मन्त्री शर्माले बताउनुभयो । समाजिक सञ्जालको विषयमा गम्भिरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु ।’मन्त्री शर्माले भन्नुभयो ।

सञ्चारमन्त्री शर्माका अनुसार हाल देशभर २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेका छन् । युट्युब र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण सञ्चार क्षेत्रमा विक्रिति बढेकोतर्फ सरकार सचेत बन्दै कानुन र नियमनको दायरामा ल्याउन समेत दबाब बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ