Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपानी जहाज चढेर अष्ट्रेलिया छिर्न खोेज्ने ४ नेपाली युवा इण्डोनेसिया प्रहरीको हिरासतमा !

पानी जहाज चढेर अष्ट्रेलिया छिर्न खोेज्ने ४ नेपाली युवा इण्डोनेसिया प्रहरीको हिरासतमा !


ब्रिजबेन । जहाज चढेर गैह्र कानुनी रुपमा अष्ट्रेलिया छिर्न खोज्दा ४ जना नेपाली युवा पक्राउ परेर साँढे २ महिनादेखी इण्डोनेसियास्थित प्रहरी हिरासतमा रहेको खबर बाहिरिएको छ । अष्ट्रेलिया छिराउने भन्दै इण्डोनेसिया पुर्याएका मुगुका ४ जना युवा मकासा शहरको सुलाभेसी टापु क्षेत्रमा पानी जहाजबाट पक्राउ परेर अहिलेसम्म पनि हिरासतमा रहेको नाइजेरियामा बस्दै आउनुभएका अभियन्ता हिक्मत थापाले नेपालट्युबलाई जानकारि दिनुभएको हो ।

दलालले जनही २०\२० लाख लिएर मलेसिया हुँदै इण्डोनेसिया पुर्याएका थिए । इण्डोनेसियाबाट पानी जहाजमा गैह्र कानुनी रुपमा प्रवेश गर्दैगर्दा अध्यागमनको फन्दामा परेको अभियन्ता थापाले जानकारि दिनुभयो । यता, मलेसियास्थित नेपाली राजदूतावासले समेत मुगुका ४ नेपाली युवा पक्राउ परेको पुष्टि गरेको छ । नेपाली राजदूताबास मलेसियाका प्रवक्ता प्रेमबहादुर बुढ्थापाले आवश्यक कागजात तयार गरेर नेपाल फिर्ता गराउने प्रयास भैरहेको जानकारि दिनुभएको छ । नाइजेरियामा बस्दै आउनुभएका अभियन्ता थापाले इण्डोनेसियाको प्रहरी हिरासतमा रहनेमा मुगु जिल्लाका सालबहादुर कार्की, विक्रम मल्ल अंगबहादुर शाही, बिनोदकुमार बुढा रहेको समेत जानकारि दिनुभएको छ ।

गैह्रकानुनी रुपमा अष्ट्रेलिया छिर्दैगर्दा पक्राउ यी ४ जना युवा ढिलो चाढो स्वदेश फर्किन सफल होलान, तर यो घटनाले तपाई हामीलाई ठूलो पाठ सिकाएको छ । दललको फन्दामा परेर जनही २०\२० लाख गुमाएका यी युवाहरुको पैसा फसेको छ । अझ अष्ट्रेलिया सरकारले जल तथा स्थल मार्गबाट हुनसक्ने अबैध प्रवेशमाथी निक्कै कडाई गरिरहेका कारण यस्तो प्रवेश सहज हुँदैन । यदी लुकिछिपी प्रवेश गरिहालेमा समेत भिसा पाइदैन । पानी जहाजबाट प्रवेश गर्नेहरुलाई जहाजबाटै फिर्ता गरिन्छ । लाखौँ दलाललाई बुझाएर गैह्रकानुनी बाटोबाट विदेश छिर्ने कोसिसमा हुनुहुन्छ भने बेलैमा सचेत बन्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ