गोरखा समाज अष्ट्रेलियाले रोजगारमुलक कार्यशाला गर्दै, यसरी लिनुहोस लाभ !
सिड्नी । बिगत लामो समय देखि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको गोरखा समाज अष्ट्रेलियाले सिड्नी आसपास रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले भोगिरहेका बिभिन्न समस्यालाई लक्षित गर्दै एकदिने कार्यशाला आयोजना गर्ने भएको छ । स्तरिय आवेदन लेखन, अन्तर्वाता दिने शैली र कामको लागि आवश्यक पुर्वाधार निर्माण, लागुऔषको जोखिम बारेको सचेतना लगायतका विषमा अगस्ट १२ मा एक दिने कार्यशाला आयोजना गर्न लागिएको हो ।
विशेषगरि ज्ञान र सिपको अभाव भएकै कारण आफ्नो स्तर बमोजिमका रोजगारी पाउन चुनौती खेप्दै आइरहेका नेपाली विद्यार्थी लक्षित गरेर कार्यशाला आयोजना गरिएको बताइएको छ । नेपाली विद्यार्थीका समस्या न्युनिकरण गर्ने र उनीहरूको दैनिकिलाई सहजीकरण गर्ने उद्धेश्य स्वरूप रोजगारमुलक कार्यशाला राखिएको महासचिब इश्वर दाहालले जानकारि दिनुभयो । कार्यशाला २०२३ अगस्ट १२ गते शनिबारको दिन बिहान १० बजे देखि दिउसो ४ बजेसम्म सञ्चालन हुने बताइएको छ । Level 1, 16–18, Wentworth Street, Parramatta NSW 2150 मा आयोजना गरिने कार्यशालाका लागि सिड्नी आसपासमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।
कार्यशालाका क्रममा विभिन्न जानकारिमुलक सेसनहरु समेत सञ्चालन गरिनेछन् । एकदिने कार्यशालाबाट नेपाली विद्यार्थीहरु लाभान्वित हुने भन्दै निशुल्क प्रवेशको व्यवस्था गरिको कार्यशालामा सहभागि हुन सबैलाई गोरखा समाजले आह्वान गरेकोछ ।
तपाईको प्रतिक्रिया