Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा बिरामी पर्नुभएका ८४ वर्षीया हजुरबुबालाई स्वास्थ्य लाभ, आइपुग्नुभयो नेपाल !

सिड्नीमा बिरामी पर्नुभएका ८४ वर्षीया हजुरबुबालाई स्वास्थ्य लाभ, आइपुग्नुभयो नेपाल !


सिड्नी । नाती भेट्न पुग्दा अष्ट्रेलियाको सिड्नीमा बिरामी पर्नुभएका ८४ वर्षीया हजुरबुबा उपचार गरेर स्वदेश फर्किनुभएको छ । फोक्सोमा पानी जमेर भेन्टिलेटरमा उपचार गर्नुपर्ने अवस्थामा पुग्नुभएका हजुरबुबा उपचारपछी स्वस्थ भएर आईतबार नै नेपाल फर्किनुभएको हो ।

सिड्नीको एक अस्पतालमा भर्ना हुनुभएका हजुरबुबाको उपचारमा आर्थिक अभावको समस्या झेल्नुपरेपछि नाती शिव घिमिरेले गोफण्ड मी अभियानमार्फत सहयोग संकलन गर्नुभएको थियो । दुईदिनमै गो फण्डमी र बैंक खातामार्फत १० हजार अष्ट्रेलियन डलर संकलन भएको नाती शिवले जानकारि दिनुभएको छ । एकवर्ष अघी मात्रै पढ्न सिड्नी आउनुभएका शिवले आफ्नो ८४ वर्षीया हजुरबुवालाई बचाउन सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिनुभएको छ । हजुरबुबा सोमबार नेपाली आईपुगेको समेत उहाँले जानकारि दिनुभएको छ । नाती भेट्ने र घुमघाम गर्नेगरि उद्देश्यले सिड्नी आउनुभएका बुबाको ओभरसिज भिजिटर्स इन्सुरेन्स (पर्यटक स्वास्थ्य बिमा) नभएका कारण खर्चिलो उपचार धान्न गो फण्डमी अभियान थाल्नुपरेको बाध्यता तपाई हामी सबैका लागि ठूलो सिकाई बनेको छ ।

स्वास्थ्य बिमा नहुँदा कुनै बिमार देखिएमा दिनमै २, ३ हजार डलर उपचारका नाममा खर्च हुने भएकाले आफन्तलाई अष्ट्रेलिया बोलाउने समयमा २,३ सय डलर खर्चेर स्वास्थ्य बिमा अनिवार्य गराउनुहोस् । तपाईको पूर्व सावधानीले आर्थिक क्षतीसँगै स्वास्थ्य जोखिमको ठूलो समस्या ब्यहोर्नुपर्दैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ