Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा कामदार कुट्ने नेपाली साहुजीले स्विकार गरे गल्ती, हुनसक्छ यस्तो सजाय !

ब्रिजबेनमा कामदार कुट्ने नेपाली साहुजीले स्विकार गरे गल्ती, हुनसक्छ यस्तो सजाय !


ब्रिजबेन । अष्ट्रेलियाको ब्रिजबेनमा कामदार कुट्ने नेपाली साहुजीले आफ्नो गल्ती स्विकार गर्नुभएको छ । अदालती बयानका आधारमा गल्ती स्विकार गरेसँगै पीडित कामदारले आफूलाई न्यायको अनुभुती भएको नेपालट्युबलाई जानकारि गराउनुभएको हो ।

अष्ट्रेलियाको ब्रिजबेनमा एक व्यवसाय गर्दै आएका नेपाली कामदारको घरमै पुगेर नेपाली कामदारलाई कञ्चटमा मुक्का हानेको घटना प्रहरी हुँदै यतिबेला अदालती प्रक्रियामा छ । अकेजनिङ बढिलिहार्मको मुद्धा फिर्ता भएर अहिले कमन एसल्टको कारबाही अघि बढाइएको छ । दुबै पक्षका कानुन व्यवसायीको मध्यस्ततामा प्रहरीले मुद्धा परिवर्तन गरेको हो । कामदार कुट्ने नेपाली व्यवसायी दोषी ठहर भएमा बढीमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने छ । सामुदायिक सेवामा पठाउनेगरि कारबाही हुनसक्ने समेत आँकलन गरिएको छ । यो मुद्धाको अन्तिम फैशलाका लागि जुलाई २८ तारेखमा पेशी तोकिएको छ ।

अष्ट्रेलियामा नेपाली युवामाझ कुटपीटका घटना बढेका छन् । प्रहरी रिपोर्टसँगै भिषामा असर पर्ने भएकाले कुटपिटका घटनामा संलग्न नहुन अष्ट्रेलियामा क्रियाशिल कानुन व्यवसायी अधिकारकर्मीले सुझाब दिदै आउनुभएको छ । शारिरिक रुपमा क्षती गर्ने वा छुनेगरि भएका कुटपिट झैझगडाका घटना अष्ट्रेलियामा गम्भिर कसुर मानिने भएकाले बेलैमा सचेत बनेर कारबाही बाट बच्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ