Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकरोडौं ठगिको अभियोगमा सुन पसलका मजदुर जेलमा, निर्दोषलाई फसाएको भन्दै प्रदर्शन !

करोडौं ठगिको अभियोगमा सुन पसलका मजदुर जेलमा, निर्दोषलाई फसाएको भन्दै प्रदर्शन !

कस्तो आउँला उच्च अदालत विराटनगरको फैशला ?


काठमाडौं । एक नेपाली युवा केही महिनादेखी याचना गरिरहेका छन् – मेरो गल्ती भएमा बन्दुक हानेर मार्नुहोला, मलाई नगाएको बिषमा नपार्दिनुहोला । सुनसरी जिल्ला अदालतले सर्वसाधारमाथी ठगि गरेको भन्दै ३ करोड चौध लाख बिगो, ७० हजार जरिवाना र डेढ वर्ष कैदको आदेश गरेर हिरासतमा पुगेपछि सुनसरीको एक सुन पलसमा काम गर्ने लालबहादुर विश्वकर्माले गरेको याचना हो यो ।

सुन पसलमा काम गर्ने सामान्य मजदुर बिना कसुर ७÷७ महिना जेल बस्नुपरेको भन्दै सडकमा समेत न्यायको लागि आवज उठिरहेको छ । सुन पसलका साहुजीले मिनी बैंक चलाएर २ सय बढी सर्वसाधारणसँग करोडौँ उठाएका थिए । साहुजीले भनेको समयमा केहीव्यक्तिसँग पैसा उठाउँदा पासबुकमा भने लालबहादुरले हस्ताक्षर गरेका थिए । सुन पसले र पीडितले समेत लालबहादुर दोषी नभएको जिकिरसहितको बयान दिएपनि अदालती फैशलाबाट अन्याय भएको भन्दै बिरोध भैरहेको छ ।

न्यायका लागि उच्च अदालत विराटनगरसँग याचना
जिल्लाको फैशलबाट आफूमाथी अन्याय भएको भन्दै लालबहादुरले ९ महिना अघि नै उच्चअदालत विराटनगरमा पुनरावेदन रिट दर्ता गराएका छन् । तर उच्च अदालत विराटनगरको पेशी ९ महिनामा ६ पटक हेर्न नभ्याइने भन्दै स्थगित गरिएको छ । अदालती फैशलामा हुने ढिलाई र दोषी भागेर निर्दोषलाई फसाईने यस्ता घटनाले न्यायालयप्रतिको विश्वास गिर्ने भन्दै मजदुर फसाएर साहुजी बनाउने काम बन्द गर्न चौतफी दबाब दिन थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ