Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsठूलो परिमाणमा विमानस्थलबाट सुन बरामद प्रकरण : ५ जना राजश्व अनुसन्धानको नियन्त्रणमा !

ठूलो परिमाणमा विमानस्थलबाट सुन बरामद प्रकरण : ५ जना राजश्व अनुसन्धानको नियन्त्रणमा !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरेर बाहिर निकाल्दैगर्दा बरामद भएको ८० देखि १ सय किलो सुन प्रकरणमा संलग्नताको आरोपमा ५ जना पक्राउ परेका छन् । तस्करले भन्सारको सामान बनाएर ल्याएको अबैध सुन प्रकणको अनुसन्धानका क्रममा ५ जनालाई नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नेपालट्युबलाई जानकारि दिनुभएको हो ।

कुख्यात अपराधी चाल्र्स सोभराजले नेपालको विमानस्थलबाट हात्ति पनि छिराउन सकिन्छ भन्दै विगतमा दिएको अभिव्यक्तिलाई चरितार्थ गरेको यो सुन काण्डमाथी राजश्व अनुसन्धानले विस्तृत अनुसन्धान गर्ने जनाएको छ । महानिर्देशक ढुंगानाले मंगलबार हङकङबाट क्याफे प्यासिफिको उडानमार्फत तस्करले सुन ल्याएको बारे सुराकी पछ्याउँदै झण्डै एक क्वीन्टल सुन नियन्त्रणमा लिन सफल भएको र सुनका मालिक, कारोबारमा संलग्नहरुको खोजी भैरहेको जानकारि दिनुभयो । यो अनुसन्धान मालिक र कारोबारी सबैलाई कानुनी दायरामा ल्याउनेगरि अघि बढ्छ महानिर्देशन ढुंगानाको प्रतिबद्धता रहेको छ ।

भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गरेको घटनाले यो तस्करी ठूलै सेटिङमा भएको त थिएन भन्ने आशंका समेत उब्जाएको छ । सुनसहित भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरेको राजश्व विभागले अन्य तीन जना पक्राउ अरोपितको बिवरण भने खुलाएको छैन । अनुसन्धानकै क्रममा रहेकाले थप अनुसन्धानपछि घटना विवरण सार्वजनिक गरिने विभागले जनाएको छ ।

बरामद गरिएको सुनको मुल्य १ अर्व ६७ लाख भन्दा माथि पर्छ । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो । नेपालको बाटो हुँदै यो सुन भारत लैजान लागिएको प्रारम्भिक आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ