Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१ क्वीन्टर सुन तस्करी प्रकरण : तस्करको गिरोहहुँदै मालिक खोज्न यसरी चल्दैछ अनुसन्धान !

१ क्वीन्टर सुन तस्करी प्रकरण : तस्करको गिरोहहुँदै मालिक खोज्न यसरी चल्दैछ अनुसन्धान !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास समेत भएर बाहिरिदैगर्दा बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । गत मंगलबार विमानस्थलको कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।

राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको र यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने विभागका महानिर्देशक नवराज ढुंगानाले नेपालट्युबलाई जानकारि दिनुभयो । ‘सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं, अहिलेसम्मको सबै काम सिंगो विभागले गरेको छ, बाँकी अप्रेशन समेत सामूहिक रुपमै अघि बढ्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्नेछन ।’ महानिर्देशक ढुंगानाले बताउनुभयो । विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि मालिकसम्म पुग्नलाई थप अनुसन्धान तीब्र बनाएको छ ।

‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको सुन प्रकरणसँगै आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालि माथी समेत अनुसन्धान सोझिएको छ । ३ महिना अघि दोलखाका दिलीप भुजेलको एकल स्वामित्वमा दर्ता भएको कम्पनीले कम्पनी दर्ता भएयता २८ पटक विभिन्न सरसामान आयात गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको जानकारि दिनुभएको छ । विगतदेखी नै सुनको तस्करी यो कम्पनीमार्फत भएको आशंकासहित अनुसन्धान गरिदैछ ।

अहिलेसम्म एक चिनियाँ, एक भारतीय, ट्याक्सी चालक, भन्सार एजेन्ट, कार्गो सञ्चालकसहित १० जना पक्राउ गरिएका छन् । भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारि निलम्बनमा परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ