Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल एयरलायन्सको जहाजमा ल्यापटप भेटियो, प्रमाणसहित लिन आउन आह्वान

नेपाल एयरलायन्सको जहाजमा ल्यापटप भेटियो, प्रमाणसहित लिन आउन आह्वान


काठमाडौं । दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौँ आएका यात्रुले विमानमै छाडेको ल्यपटप लिन आउन सार्वजनिक रुपमा आह्वान गरिएको छ । ७ जुलाईमा दुबईबाट काठमाडौँ आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेको सुचना सामाजिक सञ्जालबाट जारी गर्दै उक्त ल्यापटप लिन आफ्नो परिचयपत्र खुल्ने प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरिएको हो ।

यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी गराएको छ । सोमबार एयरलायन्सले आफ्नो फेसबुक पेजमा राखेको सुचनामा ७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौँ आएका यात्रुको ल्यापटप फेला परेको जानकारिसहित ल्यापटप लिन आफ्नो परिचयपत्र खुल्ने प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ ।

यदी तपाई जुलाई ७ मा दुबईबाट नेपाल आउनुभएको थियो र तपाईको ल्यापटप छुटेको छ भने आफ्नो मागदाबी पुग्ने प्रमाणसहित सुन्धारास्थित नेपाल एयरलायन्सको कार्यालयमा जानुहोस् । यो सार्वजनिक सुचनाले उडानका क्रममा तपाईको कुनै सरसामान छुटेपनि सुरक्षित रहन्छ, यात्रुप्रति उडान कम्पनी र कर्मचारी जिम्मेवार हुन्छन भन्ने शन्देष समेत दिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ