Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवेष्टर्न अष्ट्रेलियाको समुन्द्री तटमा दर्जन बढी ह्वेलको मृत्यु,फसेका ६० हाराहारी ह्वेल कसरी बचाउने ?

वेष्टर्न अष्ट्रेलियाको समुन्द्री तटमा दर्जन बढी ह्वेलको मृत्यु,फसेका ६० हाराहारी ह्वेल कसरी बचाउने ?


ब्रिजबेन । वेष्ट्रन अष्ट्रेलियाको समुन्द्री तटमा फसेका ७०/८० बढी ह्वेल मध्ये केही दर्जनको निधन भएको पाइएको छ । बायो डाइभर्सिटीका कर्मचारी र भोलिन्टियरहरुले समुन्द्रमा फर्काउन अथक प्रयास गरिरहदा केही दर्जन ह्वेल मृत भेटिएको खबर बाहिरिएको हो ।

जुलाई २५  मा वेस्टर्न अष्ट्रेलियाको चेनिज बीचबाट एउटै समूह बनाएर घुमिरहेका ह्वेलहरु जुलाई २५ को साँझ बालुवाको तटमा छट्पटाउदै गरेको अवस्थामा फेला परेका थिए । राति पानीमा फर्काउन असफल भएपछि आज विहानै यस्तो दुखद दृश्य देखिएको छ । अझै ५०/६० वटा ह्वेल बालुवाको तटमा फसेको आँकलन गरिएको छ । बाँकी फसेका ह्वेललाई सकुसल पानीमा फर्काउने प्रयासमा बायो डाईभर्सिटीका अधिकारीहरु रहेका छन ।

बैज्ञानिकहरुले अदभूत असामान्य दृश्यका रुपमा लिएको यो घटना के कति कारणले भयो एकिन भएको छैन । यधपी पानीमा हिड्दा बाटो पत्ता लगाउने नेभिगेशन सिस्टममा आएको खराबी, अर्कस डल्फिन माछाले खाने भयबाट डराएर भएको भागाभागले बालुवाटारमा पुगेको हुनसक्ने बैज्ञानिक अनुमान छ । यसअघि समेत २०२२ मा तास्मानियामा २३० र २०१८ मा वेष्टर्न अष्ट्रेलियामै १५० ह्वेलको बालुवा तटमा फसेर मृत्यु भएको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ