Wednesday, 8 January 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअगस्ट १२ मा सिड्नीमा रोजगारमुलक वर्कसप आयोजना हुँदै, विद्यार्थीलाई यस्तो लाभ !

अगस्ट १२ मा सिड्नीमा रोजगारमुलक वर्कसप आयोजना हुँदै, विद्यार्थीलाई यस्तो लाभ !

सधै सामाजिक काममा क्रियाशिल गोरखा समाज अष्ट्रेलिया


सिड्नी । विगत लामो समयदेखी बिभिन्न सामाजिक काममा क्रियाशिल गोरखा समाज अष्ट्रेलियाले सिड्नी आसपास रहेका अन्तर्राष्ट्रिय बिद्यार्थीलाई लक्षित गरेर एकदिने रोजगार तयारी कार्यशाला आयोजना गर्ने भएको छ । रोजगारीका क्रममा चाहिने स्तरिय बायोडाटा लेखन, अन्तर्वाता दिने शैलीको सिकाई र कामको लागि आवश्यक पुर्वाधार निर्माण लगायतको ज्ञान बाढ्न समाजले यहि अगस्ट १२ तारेखमा कार्यशाला आयोजना गर्ने भएको हो ।

संस्थाका महासचिब इश्वर दाहालले विभिन्न ज्ञान, सिपमा भएको कमिकमजोरिका कारण स्तर बमोजिमको रोगजारी पाउनबाट बञ्चित हुनुपरेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एकदिने कार्यशाला आयोजना गर्न लागिएको जानकारि दिनुभयो । अगस्ट १२ शनिबार विहान १० बजे देखि दिउसो ४ बजेसम्म यो कार्यशाला आयोजना हुने बताइएको छ । न्युसाउथ वेल्सको पारामाटास्थित वेन्टवर्थ स्ट्रिटमा निशुल्क रुपमा आयोजना हुने कार्यशालामा सहभागि भएर फाईदा लिनुहुन सिड्नी आसपासका अन्तर्राष्ट्रिय विद्यार्थीलाई आह्वान गरिएको छ । जागिरको पुर्वतयारीको सिकाईका साथै बिभिन्न जानकारी मुलक सेसन समेत हुने बताइएको छ ।

गोरखा समाज अष्ट्रेलियाले नेपालस्थित मानवसेवा आश्रम लगायतका विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग, अष्ट्रेलियामै विभिन्न सास्कृतिक कार्यकम आयोजनामा योगदान दिदैआएको छ । सामाजिक काममा सक्रिय समाजले नेपालबाट अष्ट्रेलिया आएका विद्यार्थीहरुका हरेक समस्या र चुनौतीलाई सहजिकरण गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ