Saturday, 18 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्ट एजुकेसनको सफल २० वर्षे यात्रा, थपियो सिड्नीको रकडेलमा नयाँ शाखा !

एक्सपर्ट एजुकेसनको सफल २० वर्षे यात्रा, थपियो सिड्नीको रकडेलमा नयाँ शाखा !


ब्रिजबेन । एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले सिड्नीस्थित नेपालीहरुको घनाबस्ती रहेको रकडेल क्षेत्रमा नयाँ शाखा बिस्तार गरेर आफ्नो २० औँ वार्षिकउत्सब मनाएको छ । आफ्नो दुई दशकको यात्राका क्रममा एक्सपर्टले १६ देशका ५० बढी स्थानमा आफ्नो सेवा विस्तार गरेको छ ।

आफ्नो २० औँ वार्षिक उत्सवका अवशरमा रकडेलमा शाखा उद्घाटन गर्दै एक्सपर्टका संस्थापक सञ्जिव शर्मा र बद्री अर्यालले सेवाग्राहीको विश्वास जित्न सकेको कारण नै आज यो अवस्थामा आउन सफल भएको बताउनुभयो । शैक्षिक परामर्श सेवा आफैंमा एउटा सम्मानित र मर्यादित पेशा भएकोले जिम्मेवार भएर काम गरेमा यसले विद्यार्थी, अभिभावक र समाजको पनि मन जित्नसक्ने उदाहरण एक्सपर्टले पेस गरेको छ ।

संयुक्त रूपमा केक काट्दै आफ्ना सहयोगी तथा सेवाग्राहीहरूलाई धन्यवाद दिनुभएका सञ्चालक द्धयले दुई दशकको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

एक्सपर्टले १६ वटा मुलुकका पचासभन्दा बढी शाखामार्फत शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै आएको छ । २० औँ वर्षगाँठका अवशरमा एक्सपर्टको मेलबर्न शाखा, लगायतका अन्य देशका शाखाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । आम विद्यार्थी, अभिभावकको भरपुर साथ सहयोग रहेको भन्दै विश्वासिलोे सहकार्यको आशा एक्सपोर्टले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ