Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदशैमा घर फर्किदै हुनुहुन्छ ? सुन र मोबाईल ल्याउनु पहिला यी कुरा जानौँ !

दशैमा घर फर्किदै हुनुहुन्छ ? सुन र मोबाईल ल्याउनु पहिला यी कुरा जानौँ !


काठमाडौं । भन्सार विभागले विदेशबाट नेपाल आउँदा सुन र मोवाईल ल्याउने सम्बन्धी नयाँ नियम ल्याएको छ । यो नियममा महिलाले ५० ग्रामसम्मको गहना र पुरुषलाई २५ ग्रामको गहना ल्याउन भन्सार छुट दिने पुरानै व्यवस्था भएपनि केही अलमललाई भने प्रष्ट पारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले नेपालट्युबलाई दिएको जानकारि अनुसार महिलाको हकमा ५० र पुरुषले रसायनयुक्त गहना ल्याउदा मात्रै भन्सार छुट पाउने, रसयन नभएको जुनकुनै प्रक्रितिको सुनमा भन्सार महशुल लाग्नेछ । एकजना यात्रुले २ सय ग्रामसम्मको गहना भन्सारतिरेर ल्याउन पाउँने व्यवस्था रहेको खनालले जानकारि दिनुभयो । यस्तै विदेशबाट स्वेदश फर्किने नेपालीले एउटा आफूले चलाइरहेको फोन भन्सार छुटमा ल्याउन पाउने सुविधा भन्सार ऐनमार्फत दिइएको छ । ६ महिनाभन्दा लामो समयसम्म बैदेशिक रोजगारीमा संलग्न भएर स्वदेश फर्किएका नेपालीले भने आफूले चलाईरहेको बाहेक अर्को एउटा मोबाईल फोनमा भन्सार छुट पाउनेछन् । भन्सार तिरेर परिवारका सदस्य आफन्त साथिभाईलाई मोबाईल ल्याउछु भन्नेहरुले बढीमा ४ वटा फोन ल्याउन पाउनेछन् ।

यस्तै विदेशबाट आउँदा ल्याउने टेलिभिजन सेट लगायतमा दिइएको भन्सार छुट, छुटभन्दा बढीको सरसामान ल्याउदा तिर्नुपर्ने कर र कानुनी व्यवस्था बारे थप प्रष्ट हुन भन्सार विभागको वेबसाईडमा गएर कानुनी व्यवस्था बारे जानकारि लिनुहोला । पछि कानुन नै थाहा थिएन भनेर कारबाहीबाट बच्न सकिदैन ।

अष्ट्रेलिया जाँदा के कति गरगहना ल्याउन पाइन्छ त ?
अष्ट्रेलियाको जिएस्टी कानुनले बहुमुल्य धातु विष्कुट वा बार, क्वाईनका रुपमा व्यवसायका लागि ल्याउदा भन्सार र जीएस्टी नतिरि ल्याउन पाउनेछन् । अध्ययन वा भ्रमणमा आउनेहरुले व्यक्तिगत प्रयोजनका गरगहना १२ महिना बढी समयदेखी प्रयोग गरिरहेका गरगहना ल्याउन पाइन्छ । तर एउटा यात्रुले ९ सय डलर मुल्य बढीका गरगहना ल्याएमा भन्सार कर र जीएस्टी समेत तिर्नुपर्ने हुन्छ । धेरै सुनका गहनाका लागि विमानस्थलमा स्वयम घोषणाको फारम भर्नुपर्नेछ । कार्नेटसम्बन्धी नयाँ पासपोर्टको व्यवस्थाको सुविधामार्फत समेत करको भारबाट बच्न सकिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ