Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली शैक्षिक प्रमाणपत्र धारी डाक्टरमाथी सीआईबीको अप्रेशन, ६ जना पुगे प्रहरी खोरमा !

नक्कली शैक्षिक प्रमाणपत्र धारी डाक्टरमाथी सीआईबीको अप्रेशन, ६ जना पुगे प्रहरी खोरमा !


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्युरो सीआईबीले अनुसन्धान र कारबाहीलाई तिब्रता दिएको छ । बिहिबार साँझ नेपाली कांग्रेसको तर्फबाट सांसद समेत रहनुभएका मेडिकल ब्यवसायी सुनिल शर्मालाई पक्राउ गरेसँगै सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र धारीमाथीको धरपकडलाई तिब्रता दिएको हो ।

सिआईबीले यो प्रकरणमा सबैभन्दा पहिला सांसद समेत रहेका शर्मालाई पक्राउ गरेको थियो । ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको छ । बिहीबार मेडिकल व्यवसायी शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा.रामबाबु यादव र डा.एरिना शाहलाई पक्राउ सीआईबीको फन्दामा परेका छन् । पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ ।

७ वर्ष अघि नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमाथी अपरेशन क्वाक नाम दिएर सीआईबीले थालेको अनुसन्धान र कारबाहीमा जोगिएका शर्मा अहिले भने अनुसन्धानको दायरामा आएका छन् । अपरेशन फोक्सट्रोट चार्ली नाम दिएर थालिएको अप्रेशनका क्रममा पक्राउ शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । मोरङबाट सांसद् निर्वाचित शर्माले १५ दिनअघि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभएको थियो ।

सीआईबी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको जानकारि दिनुभयो । ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको छ। अनुसन्धानसँगै खोजीका क्रममा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ