Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली बालकमाथी अष्ट्रेलियामा छुरा प्रहारको घटना, कडा कानुनको माग गर्दै उलियो समुदाय !

नेपाली बालकमाथी अष्ट्रेलियामा छुरा प्रहारको घटना, कडा कानुनको माग गर्दै उलियो समुदाय !


मेलबर्न । करिब २ साता अघि नेपाली बालकमाथी छुरा प्रहार भएको घटनालाई लिएर यतिबेला बेलबर्नमा कडा कानुनको माग गर्दै नेपालीसँगै मेलबर्नको सिंगो समूदायले नै सरकारमाथी दबाब बढाइरहेको छ । दुई साता अघि साथीहरुसँग बास्केटबल खेलिरहेको समयमा ६, ७ जनाको समूहमा आएका बालबालिकाको आक्रमणमा परेर घाईत भएका १६ वर्षीया बालक रायन सिंह उपचारपछि घर फर्किएपनि बालबालिकाको संलग्नतामा हुने अपराधविरुद्ध कडा कानुनको आवाज उठेको हो ।

आफ्नो जन्मदिनमा मेलवर्नको डार्नेटमा बास्केटबल खेलिरहेको समयमा बालकले आक्रमणको सामना गर्नुपरेको घटनालाई बालबालिकाबाट हुने अपराधमा भएको कमजोर कानुनी व्यवस्थामाथी प्रश्न उठाइएको छ । बालबालिका लक्षित आक्रमणबिरुद्ध कडा कानुनको माग गर्दै अगस्त १२ मा नै नेपालीसँगै मेलबर्नको सिंगो समूदायले संसद र सरकारको ध्यानाकर्षण गराएका थिए । युवा न्याय प्रणाली अन्तर्गत कारबाही गरिदा जेल नपठाएर समुदायकै निगरानीमा राखिने छुटका कारण बालबालिका अपराधमा सक्रिय भएको र जोखिम बढेको भन्दै कानुन संशोधनको पक्षमा दबाब बढाइएको छ ।

सन २०२१ देखी ०२२ सम्म ४५ हजार बढी बालबालिका अपराधमा संलग्न भएको अष्ट्रेलियाकै पछिल्लो जनगणना प्रतिवेदनले देखाएको छ । यी मध्येपनि ७० प्रतिशत बालक रहेका छन् । २८ प्रतिशत अपराध शारिरिक आक्रमणको भएकाले समेत जोखिम न्युनिकरणका लागि कानुन नै संशोधन हुनुपर्नेमा चौतर्फी दबाब बढाइएको छ । जघन्य अपाराधमा संलग्न बालबालिका माथि कडा कारबाहीको माग राख्दै आगामी अगस्ट १९ शनिबार मेलबर्नको फेडरेसन स्क्वायरमा भेला भएर संसद भवनसम्म पुग्ने दबाबमुलक कार्यक्रम समेत गर्न लागिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ