Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालगृहमा ८ वर्षीया बालिकामाथी बालयौंन दुरुपयोग, सञ्चालक पक्राउ !

बालगृहमा ८ वर्षीया बालिकामाथी बालयौंन दुरुपयोग, सञ्चालक पक्राउ !


काठमाडौं । ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरिएको जानकारि दिनुभएको हो ।

बुढामाथी असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको छ । ‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पाइएको छ’, एसपी कार्कीले बताउनुभयो । थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको छ । घटना बारे थप अनुसन्धान गरेर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्धा दर्ता गर्नेछ । घटनासँग सम्बन्धित बयान लिने, तथ्य र प्रमाण संकलन गर्ने काममा प्रहरी लागेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ