Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतस्करीको करिब सय किलो सुन जोख्न सीआईबीको पत्राचार, कहिले आउला नतिजा ?

तस्करीको करिब सय किलो सुन जोख्न सीआईबीको पत्राचार, कहिले आउला नतिजा ?


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्राचार गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै अब सुन जोख्ने प्रक्रिया सुरु हुने जानकारि दिनुभयो ।

सामान खोलेर सुन छुट्टयाइसकिएको भन्दै टक्सार महाशाखाले अब गाल्ने प्रक्रिया सुरु हुने जानकारि दिएको छ । राजश्व अनुसन्धान विभागले साउन ३ मा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन तस्करीको श्रृङखला नै भएको भन्दै सबै तह र तप्कामाथी अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो । सुन छुट्याएर जोख्ने सबै प्रक्रिया पुरा गर्दा थप तीन दिन लाग्ने बताइएको छ ।

१९ दिनसम्म सुन प्रकरणको अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जिल्मा सीआईबीलाई लगाएको छ । अहिले सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले भरियादेखी मालिकसम्म पक्राउ गरेर तस्करलाई हतोत्साहित गराउने को खोजी गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ