Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअब ममसंगै दोहोरी

अब ममसंगै दोहोरी


सरल गुरुङ/ब्रिजवेन

“तिमी उता म यता, ज्यान त टाढा छ
तर बिरानो नसम्झ माया गाढा छ” ।

भगवान भण्डारी, राजु परियार र लक्ष्मी न्यौपानेले गाएकोे यो लोक गीतको मर्मसंग ठ्याक्कै मिल्छ व्रिजवेनका युवा व्यवसायी होम प्यासीको कथा पनि ।
ज्यान सात समुन्द्र पारी भएपनि प्यासीको नेपालप्रतिको प्यास कहिल्यै मरेन । बरु समय क्रमसंगै झन् झन् गाढा हुदैछ । विदेशी भूमीको संघर्ष र अड्चनका बिच, प्यासीले झण्डै एक दशक अगाडी नेपाली परिकारको स्वाद विदेशीको जिब्रो जिब्रोमा पु¥याउने अभियानको सुरुवात गरे ।
सन् २०११ मा कुइन्ल्याण्ड राज्यको सनसाइनकोष्ट शहरमा गोरखाली नेपलिज रेष्टुरेन्टबाट सुरु प्यासीको यात्रा अहिले ८८४८ मम हाउससम्म आइपुगेको छ । यसबिचमा प्यासी धेरै पटक लडेर उठेका छन् । भन्छन् -“नेपाल चिनाउने मेरो यात्रा जति पटक लडेपनि नयाँ शिराबाट सुरु गरेको छु । ८८४८ मम हाउस त्यसैको निरन्तरता हो” ।

युवा व्यवसायी होम प्यासी, तस्बिर – सनम खड्का

नेपाली मौलिख परिकार ममलाई अष्ट्रेलियाली समाजमा चिनाउनका विगत ६ महिनादेखि होम प्यासीले ८८४८ मम हाउस संचालन गरिरहेका छन् । खासमा सन् २०१५ मा अर्का युवा व्यवसायी स्वतन्त्र प्रताप शाहसंग मिलेर खोलिएको ८८४८ रेष्टुरेन्टलाई मम चिनाउन कै लागि ६ महिना अघि प्यासीले नै मम हाउसमा परिणत गरेका हुन् ।
सगरमाथाको उचाईको नाम दिइएको यो मम हाउस व्रिजवेनको मुटु मानिने भ्यालीमा छ । ममको स्वाद चाख्न पुग्ने नेपाली र अष्ट्रेलियन ग्राहकलाई अब मम हाउसले नेपाली मौलिख संगितको पनि स्वाद चखाउने भएको छ ।

ममसंगै दोहोरी

मम हाउसमा अब हरेक शुक्रबार साझ नेपाली लोक दोहोरी प्रस्तुत गरिने छ । अष्ट्रेलियन युवा जमातको रात्रीकालिन मनोरञ्जनको हव मानिने भ्यालीमा अब हरेक शुक्रबार नेपाली मौलिख दोहोरी पनि गुञ्जयमान हुने भएको छ । “युवा पुस्तामा दोहोरीको बढ्दो क्रेज बढ्दो छ”- प्यासीले भने –“त्यसैलाई ध्यानमा राखेर विदेशी भूमीमा पनि नेपाली लोकसंस्कृति फैलाउन हामीले यस्तो जुक्ती निकालेका हौ” ।

दोहोरीको लाईभ प्रस्तुतीका लागि ७० जना भन्दा बढी कलाकारको आवेदनबाट पुर्ण परियार र निलिमा शर्मा छनोट भएका छन् । परियार नेपालीमा ख्याती कमाएका लोकदोहोरी गायक समेत हुन् ।
मम हाउसमा यसअघि बिहिबार देखि आइतबारसम्म हरेक साझ लाइभ संगित प्रस्तुत हुदै आएका थियो ।
अब नेपाली मौलिख लोकदोहोरीसमेत प्रस्तुत हुने भएपछि व्यवपारसंगै नेपालको पनि थप प्रचार हुने प्यासीको विश्वास छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ