Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यानबेरास्थित सुपरमार्केटलाई तिराइयो साँढे १७ हजार जरिवाना, कारण रहेछ यस्तो !

क्यानबेरास्थित सुपरमार्केटलाई तिराइयो साँढे १७ हजार जरिवाना, कारण रहेछ यस्तो !


ब्रिजबेन । अष्ट्रेलियाको राजधानी क्यानबेरास्थिल इस्ट र मा सञ्चालित आईजीए स्टोरले म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेभल राखेर बजारमा पठाउने गरेको उजुरीका आधारमा अदालतबाट जरिवाना गराइएको छ । अदालतले उजुरीमाथी छानविन गरेर फैशला गर्दै आईजीए स्टोरका सञ्चालकलाई साँढे १६ हजार र व्यवस्थापकलाई एक हजार डलर जरिवानाको आदेश दिएको हो ।

म्याद सकिएको खाद्य वस्तुमा मिति परिवर्तन गरेर बिक्रिवितरण गर्ने गरेको पाइएपछि एसीटी हेल्थ हुँदै उपभोक्ता स्वास्थ्यमाथी खेलवाड गरेको बारेको मुद्धा स्थानीय म्याजिस्टिक कोर्टमा पुगेको थियो । उदालतमा पुगेको मुद्धालाई पुष्टि गर्नेगरि एससीटी हेल्थले स्टोरका कर्मचारिले पुराना म्याद सकिएको मिति निकालेर नयाँ राख्दैगरेको सीसीटीभी फुटेज समेत पेश गरेको थियो । अभियोग पुष्टि हुने प्रमाण र बायानका आधारमा अदालतले सञ्चालक र व्यवस्थापकमाथी साँढे १७ हजार जरिवाना गराएको थियो

अष्ट्रेलियामा खाद्य वस्तुमा युज बाई र बेस्ट बिफोर नामका दुईवटा मिति राख्ने गरिएको छ । युज बाई लेखिएको मितिभन्दा पछि खाद्यवस्तु बेच्न पाइदैन तर बेस्ट बिफोर राखिएको खाद्यवस्तु पछि बेच्दा समेत गम्भिर अपराध मानिदैन । बजारमा मिति गुज्रिएका खाद्यवस्तुले बढाउने जोखिमतर्फ सचेत गराउँदै उपभोक्ता अधिकारकर्मीहरुले मिति हेरेर किन्न आग्रह गरेका छन् । मिति सकिएका खाद्यवस्तुले बढाउनसक्ने जनस्वास्थ्यको जोखिम रोक्न स्थानीय उपभोक्ता वा स्वास्थ्य विभागमा उजुरी दिन समेत आग्रह गरिएको छ ।

कतिपय नेपाली र भारतीय पसलमा म्याद सकिएका खाद्यवस्तु भेटिएको गुनासो आएपछि केही समय पछिले नेपालट्युबले सचेतनासहित खबरदारी गरेको थियो । भारतीय र नेपाली पसल सञ्चालकलाई कानुन विपरितका गतिबिधि नगर्न, उपभोक्तालाई मिति एकिन गरेर मात्रै खाद्यवस्तु किन्न समुदायका अग्रजहरुले आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ