Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजेलमा आत्मसमर्पण गरेको केही समयमै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प रिहा, यस्तो छ कारण !

जेलमा आत्मसमर्पण गरेको केही समयमै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प रिहा, यस्तो छ कारण !


काठमाडौं, एजेन्सी । फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्नुभएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा हुनुभएको छ । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएको केहीबेरमै २ लाख डलरको जमानतमा ट्रम्पलाई रिहा गरिएको हो ।

फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि ट्रम्पलाई औपचारिक रुपमा गिरफ्तार गरिएको खबर बाहिरिएको थियो । आत्मसमर्पणपछी औँठाछाप लिइएको र मगशट (अनुहारको तस्बिर) भनिने प्रहरी रेकर्डमा राखिने फोटो समेत खिचिएको थियो । मगशट फोटो सार्वजनिक गरिएको केही समयपछि नै पूर्व राष्ट्रपति ट्रम्प २ लाख डलरको जमानतमा रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा मगशट जारी हुनेमा ट्रम्प नै पहिलो पूर्व राष्ट्रपति बन्नुभएको छ ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उहाँले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् । ट्रम्पले यी सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै अस्वीकार गर्दै आउनुभएको छ । यता, फुल्टन काउन्टी जेलमा सन् २०२० मा जर्जिया राज्यमा भएको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता भएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो ।

ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका पूर्व वकिल रुडी जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए । ट्रम्पले आत्मसर्पण गर्न पुगेका बेला जेल बाहिर समर्थकहरुको भिड लागेको थियो । उहाँको समर्थनमा नारा समेत लागेको थियो ।

सन् २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहनुभएका ट्रम्पले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ