Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभैरहवाबाटै नेपाल एयरलाईन्सको हङकङ र दिल्ली उडान, काठमाडौंमा ‘ट्रान्जिट’ !

भैरहवाबाटै नेपाल एयरलाईन्सको हङकङ र दिल्ली उडान, काठमाडौंमा ‘ट्रान्जिट’ !


काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै हङकङ र दिल्लीको उडान भर्ने भएको छ । भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक दिन हङकङ र दिल्ली उडान भर्ने तयारीसहित टिकट बुकिङ खुला गरिएको र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजान लागिएको हो ।

उडान तालिकाअनुसार बिहान ८ बजेर १५ मिनेटमा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्नेछ । यसपछि ‘ट्रान्जिट’ भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि भैरहवामा ‘चेक इन’ गर्दाकै बेला गन्तव्यसम्मकै ‘बोर्डिङ पास’ दिने र ‘लगेज’ सिधै गन्तव्यमा लिने गरि निगमले व्यवस्था मिलाएको छ । योसँगै राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप गन्तब्यको उडानमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गर्दैआएको छ ।

भैरहवा र आसपासका जिल्लाबाट आन्तरिक उडान वा बसबाट काठमाडौं आएर विदेशका विभिन्न गन्तब्यसम्म जानुपर्ने झञ्झट हटाउनेगरि अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्नेमा मन्त्रालय लागिपरेको छ । यात्रुले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिन सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ