Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजेवनमा बन्न लागेको नेपाली भवनलाई सघाउन तिज कार्यक्रम, तीन संस्था एकै ठाउ

ब्रिजेवनमा बन्न लागेको नेपाली भवनलाई सघाउन तिज कार्यक्रम, तीन संस्था एकै ठाउ


ब्रिजवेन/ समाज बन्न सबै जुट्नुपर्छ भन्थे हो रहेछ ।  कुइन्सल्याण्डका तीन ठुला संस्थाहरु एकै ठाउ उभिदा ब्रिजवेनको नेपाली समाजमा छुट्टै खालको उत्साह र सकारात्मक परिवर्तनहरु देखिन थालेका छन् ।
गैर आवासिय नेपाली संघ एनआरएनए क्युइन्सल्याण्ड, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्यु र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि एकै ठाउँमा उभिएर ब्रिजवेनमा मन्दिर र स्तुपासहितको सामुदायिक केन्द्र बनाउन जुटेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो ब्रिजवेनमा एनआरएनए कुइन्सल्याण्डले गर्न लागेको तीज विशेष कार्यक्रम । यस कार्यक्रममा एनएक्यु र क्युएनसिसि समेत सह-आयोजक छन् । प्रकाश सपुत, प्रिती आले र सिन्धु मल्ल सहभागी हुने तिज कार्यक्रमबाट संकलन भएको रकमबाट खर्च कटाएर बाँकी सबै भवनका लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।

एनआरएनए कुइन्सल्याण्डका नव निर्वाचित संयोजक शम्भु गाईसीले जारी गरेको विज्ञप्तीमा भवन निमार्णको महत्व बुझेर यसमा केही ईट्टा थप्नका लागि सहयोग जुटाउन खोजिएको उल्लेख छ । कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनसमेत गाईसीले सबैमा आग्रह गर्नुभएको छ ।

सेप्टेम्बर १५ तारिखमा स्ट्राथपाइन सामुदायिक भवनमा तिज विशेष कार्यक्रम हुन लागेको हो । कार्यक्रम सहभागी हुन २५ डलर शुल्क राखिएको छ भने अभिभावकलाई निशुल्क प्रवेश तथा सहभागीहरुलाई निशुल्क दरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस तिज विशेष कार्यक्रमलाई लक्ष्मी होम लोनले प्रायोजन गरेको छ ।

क्युएनसिसिले सामुदायिक केन्द्र बनाउन ब्रिजवेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न बैनाबट्टा गरिसकेको छ । सेप्टेम्बरको अन्मित सातासम्म पास गरिसक्नुपर्ने जग्गाको मुल्य साढे १४ लाख डलरमा तोकिएको छ । क्युएनसिसिले हालसम्म ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर संकलन गरिसकेको छ । सदस्य बन्ने क्रमले पछिल्लो तीन महिना तिब्रता पाएको छ ।

क्युएनसिसिले बनाउन लागेका नेपाली सामुदायिक केन्द्र

त्यस्तै बिशाल इन्टरटेन्टमेन्टले सेप्टेम्बर ८ मा स्ट्राथपाइन सामुदायिक हलमा गर्न लागेको नाइस तीज विशेष कार्यक्रमको टिकट बिक्रीको ७५ प्रतिशत रकम र नेपाली समाज तास्मानियाले सेप्टेम्बर ६ तारिखमा होबार्टमा गर्न लागेको तिज कार्यक्रमको सबै फाइदा रकम पनि क्युएनसिसिको सामुदायिक केन्द्रलाई प्रदान गर्ने आयोजकहरुले जनाएको छ । यी दुबै तिज कार्यक्रममा गायक पशुपति शर्मा र गायिका कला लम्साल सहभागी हुदैछन् ।


ट्याग : #NRNA, #Prakash Saput, #preeti ale, #sindhu malla, #teej
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ