Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबका सम्पादक सरललाई ‘मिडिया पर्सन अफ दि ईयर’ अवार्ड, अरु क–कस्ले पाए ?

नेपालट्युबका सम्पादक सरललाई ‘मिडिया पर्सन अफ दि ईयर’ अवार्ड, अरु क–कस्ले पाए ?


काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्ड अन्तर्गतको मिडिया पर्सन अफ दि ईयर अवार्ड नेपालट्युबका सम्पादक सरल गुरुङले पाउनुभएको छ । अष्ट्रेलियाको नेपाली समाज अनि नेपालप्रतिको सामाजिक दायित्व बोध गर्दै नेपालदेखी अष्ट्रेलियासम्म क्रियाशिल सञ्चारकर्मीका रुपमा स्थापित सरललाई लगनशिलता अनि जिम्मेबार पत्रकारिताको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड दिइएको हो ।

यो अवार्डले सत्य, तथ्यको उजागर, सन्देषमुलक सामाग्रिको प्रकाशन, प्रशारण मार्फत सामाजिक सदभाव चुस्त र दुरुस्त राख्न थप जिम्मेबार बनाउने विश्वास गरिएको छ । नेपालदेखी सञ्चार क्षेत्रमा क्रियाशिल रहेर अष्ट्रेलियामा समेत सक्रिय सरल गुरुङ अवार्ड पाउन योग्य यसकारण ठहरिएका छन् ।

 

यस्तै विभिन्न १३ विधाको अवार्डमध्ये सामाजिक क्षेत्रमा क्रियाशिल सन्तोषी गौतमलाई एनआरएनए अष्ट्रेलिया एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।

अष्ट्रेलियामा बसेर नेपाली भाषा र साहित्यलाई कसरी जोगाउन सकिन्छ भन्दै हरपल प्रयास गरिरहने ममता तिवारीले नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर अवार्ड पाउनुभएको छ ।

यस्तै गायन अनि नृत्यको माध्यमबाट नेपाली कला अनी संस्कृतिलाई नेपाली समाज अनी अन्य बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापत जेनिशा गौतमले समेत अवार्ड पाउनुभएको छ ।


यस्तै विद्यार्थीका रुपमा उत्कृष्ठ अध्ययन गर्ने, खेल क्षेत्रमा उत्कृष्ठ योगदान दिने, एनआरएनए अष्ट्रेलियामा क्रियाशिल, महिला शसक्तिकरण र सफलताको क्षेत्रमा सक्रिया, नेपाल र अष्ट्रेबीचको मित्रतामा योगदानदिने व्यक्तित्व, सफल व्यवसायी, क्रियाशिल अनि सक्रिय युवा, सामाजिक क्षेत्रमा योगदान दिने थप ९ जनालाई अवार्ड वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्डको नोमिनेशन अगस्ट १४ सोमबारबाट अगष्ट २० मध्यरातीसम्म खुल्ला गरिएको थियो ।

विधिन्न क्षेत्रका विज्ञहरु समेटेर ११ सदस्यीय निश्पक्ष छनौँट समिति मार्फत प्रतिस्पर्धामा रहेका मध्ये उत्कृष्ठलाई छनौँट गरेर पुरस्कृत गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ