Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaश्रीलंकाबाट नेपाल र भारतको क्रिकेट खेलपूर्वको अपडेट, नेपाली टिमले उत्कृष्ठ खेल्नेछन !

श्रीलंकाबाट नेपाल र भारतको क्रिकेट खेलपूर्वको अपडेट, नेपाली टिमले उत्कृष्ठ खेल्नेछन !


काठमाडौं । नेपालट्युबले ‘यात्रा गौरभको अभियान’ अन्तर्गत नेपाल र भारतबीचको खेल हुने श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियम क्षेत्रबाट खेलपूर्वको स्थलगत अवस्था देखाइरहेको छ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार आगामी सोमबार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

पानीका कारण क्रिकेट महारथी भारतसँग नेपाली टिमले खेल्न नपाउने हुन कि भन्ने आँकलन गरिएपनि अहिलेको मौसमले खेल हुने अवस्था देखिएको छ । भारतको टिम नै आक्रामक ब्याटिङ टिम भएकाले नेपाली खेलाडीले चुनौतीको डटेर सामना गर्नुपर्नेछ । निक्कै धेरै अनुभव बटुलेका भारतीय खेलाडी सामु नेपालका खेलाडीको प्रदर्शन उत्कृष्ठ अनि हेर्न लायक बन्ने चर्चित क्रिकेट कमेन्टेटर सचिन तिमल्सिना बताउनुहुन्छ ।

‘यात्रा गौरभको अभियान’ अन्तर्गत नेपाल ट्युवले मौसमी अवस्था भारतसँगको प्रतिस्पर्धामा उत्रिने खेलाडीको आत्मबलसँगै हौसला बारे समेत जिज्ञाशा राखेको छ । नेपाली टिमका आक्रामक बलर सोमपाल कामी जस्ले राम्रो क्षमता प्रदर्शन गर्छ उस्ले खेल जित्ने बताउनुहुन्छ । नेपालट्युबको यात्रा गौरभको अभियान अन्तर्गत अन्तरवार्ताका क्रममा सोमपालले भन्नुभयो, ‘नेपाली खेलाडीले उच्च आत्मबलसहित आफ्नो भरपुर क्षमता प्रदर्शन गर्नेछन । हामीले विगतमा धेरै बलिया दाबी गर्ने टिमलाई हराएका छौँ, पीचमा लामो समय बिताउने अभ्यास नभएकाले पाकिस्तान अनि भारतसँगको खेलबाट धेरै सिकाई हासिल हुनेछ ।’

नेपाल र भारतीबको खेलमा हौसला थप्न अष्ट्रेलियाबाट समेत धेरै नेपालीहरु श्रीलंका पुगेका छन् । श्रीलंकामा नेपालीहरुको भीडभाड देख्नसकिन्छ । नेपाली खेलप्रेमीहरुको हौसलाले समेत खेलाडीमा उर्जा भर्नेछ । नेपाल र भारतबीचको खेल हौसल भर्न पुगेका नेपाली दर्शकको उत्साह बारे पलपलको अपडेटका लागि नेपालट्युबको आधिकारिक फेसबुक पेज हेर्नसक्नुहु्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ