Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल भारतसँग १० विकेटले पराजित हुदै एसिया कपबाट बाहिरियो,उत्कृष्ट प्रदर्शन !

नेपाल भारतसँग १० विकेटले पराजित हुदै एसिया कपबाट बाहिरियो,उत्कृष्ट प्रदर्शन !


काठमाडौं । क्रिकेट किंग्ङ भारतसँग  १० विकेटको पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टाएर नेपाललाई पराजित गरेको हो ।

भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहेसंगै भारतको जित सहज बन्यो । भारतीय ओपनर ब्यट्समेनको विकेट लिन नेपाली बलर चुक्दा उत्कृष्ट ब्याटिङ गरेको नेपाल एसिया कपको अनुभव अनि सिकाई बोकेर घर फर्किने भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने ४८ रन बनाएका सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेर पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । नेपालको राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरेपछि नेपाल दबाबमा पर्यो  ।

ओपनिङ साझेदारी टुटेपछि पनि आसिफले एउटा इण्ड सम्हाले तर विकेट पतन जारी रह्यो  । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१्४ थियो । छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गर्दै केही समालिएको प्रदर्शन गरे । तर झा पनि व्यक्तिगत २३ रनबाट माथि उठ्न सकेनन् । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२ औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४्७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७।२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका सोमपालले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।

नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर भएपनि सन्दीप लामिछाने रन आउट अनि ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८।२ ओभरमा २३० रन बनाएर अलआउट भयो । भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३र३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।

यसअघि नेपाल एसियन कपको उद्घाटन खेलमा समेत पाकिस्तानसँग पराजित भैसकेको छ ।  पाकिस्तान बिरुद्दको खेलमा कमजोर प्रदर्शन गरेको नेपालले भारतसँगको खेल हारेपनि केही सुधारिएको प्रदर्शन गरेर दबाबमा राखेपछि आम खेलप्रेमिको प्रशंसा पाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ