Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप विरुद्धको मुद्धामा कहिले आउँछ अन्तिम फैशला ? अर्को पेशी ४ दिनपछि !

क्रिकेटर सन्दीप विरुद्धको मुद्धामा कहिले आउँछ अन्तिम फैशला ? अर्को पेशी ४ दिनपछि !


काठमाडौं । एक नाबालिकले आफूमाथी होटलमा लगेर बलात्कार भएको भन्दै दिएको उजूरीसँगै अदालतमा पुगेको मुद्धा समयमै किनारा नलाग्दा क्रिकेटर सन्दीप लामिछाने लामो समयदेखी मानसिक तनावमा खेल खेलिरहनुभएको छ । बिहिबार सन्दीप बिरुद्धको मुद्धाको अन्तिम फैशलाको आशा गरिएपनि गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश भएर फेरि पेसी तोकिएपछि यो मुद्धाको अन्यौलता थप बढेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजसालले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको अदालतका स्रेस्तेदार कौशलेश्वार ज्ञवालीले नेपालट्युबलाई जानकारि दिनुभयो । बहसका क्रममा सन्दीपका वकिलहरुले गरेको माग अनुसार नै पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात झिकाउन आदेश दिएको मुद्धाको अर्को पेसी २६ गते अर्थात १२ तारेखका लागि तोकिएको छ ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । पछि सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ