Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेस सांसदको खुला सभाबाट डीएसपी र उनको परिवारलाई धम्की, यस्तो रहेछ कारण !

कांग्रेस सांसदको खुला सभाबाट डीएसपी र उनको परिवारलाई धम्की, यस्तो रहेछ कारण !


काठमाडौं,ताप्लेजुङ । कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले खुला सभामा हिंसात्मक अभिव्यक्ति दिनुभएको छ । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै प्रदेश सांसद हाङगामले डीएसपी राजन लिम्बुलाई लक्षित गर्दै नामै किटेर उहाँसँगै परिवारलाई मार्ने धम्की दिनुभएको हो ।

खुल्ला सभा अघिको हतियारबन्द र्यालीका क्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले पेस्तोल तेर्स्याएको आरोप कांग्रेसको लगाउँदैआएको छ । बिहीबारै राति तरुण दलका कार्यकर्ताले प्रहरीका दुईवटा बुथ तोडफोड समेत गरेका थिए । सांसदलाई ताकेर प्रहरीले पेस्तोल कक गरेको आरोप लागेका डीएसपी राजन लिम्बूले भने प्रहरीलाई हातपात गर्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको बताउनुभएको छ ।

सांसद हाङगामले कोणसभामा दिएको हिंसात्मक अभिव्यक्ति यस्तो छः

तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस ? कस्तो लुगा लाउँछस् ? तेरो तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि,खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज । तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि ? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ