Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफ्रिकी देश मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, सयौँ घाइते !

अफ्रिकी देश मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, सयौँ घाइते !


एजेन्सी । अफ्रिकी देश मोरक्कोमा एकाबिहानै शक्तिशाली भूकम्प जादा ठूलो क्षती भएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा २९६ जनाको मृत्यु भएको र सयौँ गम्भिर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारि दिएका हुन ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रेक्टर स्केल रहेको बताइएको छ । भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको थियो । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर निश्किएर सुरक्षित हुन खोजेका छन् । भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले १२० वर्षमा पहिलो पटक यो क्षेत्रमा यतिठूलो भूकम्प आएको जनाएको छ । अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७.२ स्केल तिब्रताको आँकलन गरिएपनि अहिलेसम्म यति नै भन्ने निश्चित भएको छैन ।

भुकम्पपछिको उद्धार र राहतमा सरकारी संयन्त्र जुटेको छ भने नागरिकहरुलाई सुरक्षित रहन आह्वान गरिएको छ । उत्तरी अफ्रिकामा भूकम्प दुर्लभ मानिन्छ । यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ रेक्टर स्केलको भूकम्प जादा हजारौँको मृत्यु भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ