Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमोरक्को भूकम्प अपडेटः २ हजार बढीको ज्यान जादा हजारौँ घाइते !

मोरक्को भूकम्प अपडेटः २ हजार बढीको ज्यान जादा हजारौँ घाइते !


काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।

भूकम्पले निम्ताएको विनासपछि तीन दिने राष्ट्रिय शोक घोषणा गरेको सरकारले भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बस्न बाध्य बनेका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पहाडी क्षेत्रमा गाउँहरुमा सबैभन्दा धेरै क्षति भएको छ । खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या अझै बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ