Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास आजबाट, सेप्टेम्बर २९ सम्म चल्ने !

नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास आजबाट, सेप्टेम्बर २९ सम्म चल्ने !


काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । भक्तपुरको नगरकोटमा आजदेखी सुरु संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म चल्नेछ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेको जानकारि दिनुभयो । यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यासमा नेपाली सेनाले सहभागिता जनाइसकेको छ । संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गत बिहीवार काठमाडौं आएको थियो ।

नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यासलाई निरन्तरता दिदै आएको छ । सैन्य र प्राविधिक क्षमताका हिसाबले अगाडि रहेका देशका सेनासँगको तालिमले नेपाली सेनाको क्षमता अभिबृद्धि हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ