Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएन्टाले पायो नयाँ कार्यसमिति, यी हुन अध्यक्ष र पदाधिकारी !

एन्टाले पायो नयाँ कार्यसमिति, यी हुन अध्यक्ष र पदाधिकारी !


ब्रिजबेन । नेपालको तराई मधेश क्षेत्रबाट अष्ट्रेलिया आएर बसोवास गर्दैआएका गैरअवासीय नेपालीहरुको छाता संगठन एन्टाको चोथौं अधिवेशनबाट रन्जित साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)ले २०२३ देखि २०२५ सम्म (अगामी दुई बर्ष) का लागि रन्जितको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।

नयाँ समितिको उपाध्यक्षमा परमानन्द साह, महासचिवमा विकास झा, सहमहासचिवमा राकेश कुमार साह, कोषाध्यक्षमा सुरेन्द्र झा, सह कोषाध्यक्षमा रञ्जित साह, सदस्यहरुमा आरती साह, मो. सफुलल्लाह, प्रिया गुप्ता र विजय कुमार साह रहनुभएको छ । अध्यक्ष चयन हुनुभएका रञ्जित साह नेपालको रौटहटका स्थायी बासिन्दा भएपनि आल अष्ट्रेलियामा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।

एन्टा नेपालको तराई मधेशबाट अष्ट्रेलिया आएर बसोबास गर्नेहरुको हकहितका साथै विभिन्न सामाजिक काममा सक्रिय रहँदैआएको छ । नयाँ कार्यसमितिले संस्थाको उद्देश्यलाई गतिशिल बनाउनेगरि काम गर्ने प्रतिबद्धता जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ