Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसंविधानसभा अध्यक्ष नेम्वाङको बिहिबार राजकीय सम्मानसहित अन्त्यष्टि, दिइयो सार्वजनिक बिदा !

संविधानसभा अध्यक्ष नेम्वाङको बिहिबार राजकीय सम्मानसहित अन्त्यष्टि, दिइयो सार्वजनिक बिदा !


काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा भोली बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलवार एक सूचना जारी गर्दै शोक बिदा बारे जानकारी दिएको हो ।

विदेशमा रहेका दुबै छोराहरु स्वदेश फर्किएपछि बिहीवार अन्त्यष्टि गरिने परिवारको योजना अनुसार सरकारले सार्वजनिक बिदा दिएको छ । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय समेत भएको छ । अन्त्यष्टिका दिन बिहिबार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । मध्यराती साँढे १ आसपासमा घरमै बेहोस भएर ढलेका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको भएपनि अस्पतालले बाटोमै मृत्यु भएको जनाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ