Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अनुसन्धान गर्दै प्रहरी !

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अनुसन्धान गर्दै प्रहरी !

शङ्कास्पद एक जना पक्राउ


काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ । गए राति १२ बजेतिर गैह्रीगाउँस्थित दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाकोमा हत्या भएको अवस्थामा शव भेटिएको हो ।

प्रहरीका अनुसार हत्या हुनेमा सुरक्षा गार्ड कुमारसहित पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । मृतकको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पाइएकोे छ । मृतक कुमार भुजेल करिब ५६ वर्षका छन् । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शव भेटिएपनि घटना कस्ले र किन घटायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

गैह्रीगाउँ हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ