Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएसिया कपको फाइनलमा भारतको सनसनीपूर्ण बलिङ, श्रीलंका ५० रनमै अलआउट !

एसिया कपको फाइनलमा भारतको सनसनीपूर्ण बलिङ, श्रीलंका ५० रनमै अलआउट !


काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध अत्यन्तै खराब ब्याटिङ गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५÷२ ओभरमा ५० रनमै अलआउट भएको हो ।

भारतीय फास्ट बलर सामु श्रीलंकाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको थियो । सिराजले एकै ओभरमा ४ विकेट लिएर रेकर्ड बनाए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिएपछि श्रीलंका ५० सनमै सिमित बन्न पुग्यो ।

एसिया कपको उपाधी होडमा रहेको भारतले ५१ रनको लक्ष्य पछ्याउदै औपचारिकताका लागि मात्रै जवाफी ब्याटिङ गर्दैैछ । भारतले श्रीलंकाविरुद्धको जितका लागि कति ओभर खर्च गर्छ, विकेट गुमाएर वा नगुमाई भन्ने मात्रै बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ