Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कुक, सेफ पढ्ने विद्यार्थीको स्किल एसिसमेन्ट रोकिएकै हो त ? यस्तो छ वास्तविकता !

अष्ट्रेलियामा कुक, सेफ पढ्ने विद्यार्थीको स्किल एसिसमेन्ट रोकिएकै हो त ? यस्तो छ वास्तविकता !


ब्रिजबेन । नेपालबाट अष्ट्रेलिया आएर कुक, सेफ लगायतका पाक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको स्किल एसिसमेन्ट रोकिएको चर्चाको वास्तविकता खोजिदिन धेरैले आग्रह गरेपछि हामीले यसबारेको सत्यतथ्यको खोजी गरेका छौँ । स्किल एसिसमेन्ट गर्ने एउटा निकाय भेटासिसले केही समय कुक, सेफ लगायतका ट्रेड कोर्सको एसिसमेन्ट केही समय स्थगन गर्ने सूचना जारी गरेसँगै विद्याथीहरु अत्तालिएका छन् ।

आखिर भेटासिसले निकालेको सुचनाले विद्यार्थीलाई कस्तो असर गर्छ त ? अत्तालिन पर्छ कि पर्दैन ? हामीले मण्डला लिगल सिड्नीका प्रिन्सिपल लयर्स सञ्जिव पाण्डेलाई सोधेका छौँ । कानुन व्यवसायी पाण्डेले अष्ट्रेलियाको स्किल एसिसमेन्ट गराउने, हेर्ने निकाय ट्रेड रिकग्नेशन अष्ट्रेलिया (टीआरए) रहेको जानकारि दिदै उसले अधिकार प्रत्यायोजना गराएका कुनै एक निकायको सुचना र सेवा बन्दले समग्र विद्यार्थीमाथी नै असर नपर्ने जानकारि दिनुभएको छ । सेफको स्किल एसिसमेन्टको अधिकार दिइएका अष्ट्रेलियन ट्रेड ट्रेनिङ कलेज, विलियम याङ्लिस इन्सटीच्युट र भेटासिस तीन निकाय भएको जानकारि उहाँले दिनुभयो । अत्यधिक चापका कारण भेटासिसले केही समय नयाँ विद्यार्थी नलिने भएपनि टीआरसीसँगै अन्य दुई निकायले स्किल एसिसमेन्ट जारी राख्ने कानुन व्यवसायी पाण्डेले बताउनुभयो ।

स्किल एसिसमेन्ट कुक, सेफ लगायतका ट्रेड शिक्षाको प्राविधिक ज्ञान दिने प्रक्रिया हो । एउटा संस्थाले आफ्नो सेवा स्थगन गर्दैमा यो प्रक्रिया रोकिदैन । यसकारण विद्यार्थीले अतालिनुपर्ने अवस्था नभएको जानकारहरु बताउँछन् । तपाई पनि भेटासिसको सम्पर्कमा हुनुहुन्थ्यो अहिले अन्यौलमा हुनुहुन्छ भने कानुन व्यवसायीको परामर्शमा थप प्रक्रियामा अघि बढ्न सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ