Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने कन्सल्टेन्सीमाथी प्रतिबन्धको तयारी !

अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने कन्सल्टेन्सीमाथी प्रतिबन्धको तयारी !


काठमाडौं । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) ले अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाएको गुनासो ब्यापक भएसँगै सरकारले प्रतिबन्ध लगाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालबाट कामदार पठाउने काम म्यानपावर भन्दा पनि कन्सल्टेन्सीहरुमार्फत अध्ययन र कलेजको बाहानामा भइरहेको भन्दै प्रतिबन्धको प्रक्रिया थालिने बताउनुभएको हो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरुमा बढी विकृति देखिएको बताउनुभयो । म्यानपावर भन्दा पनि कन्सल्टेन्सीहरुमार्फत अध्ययन र कलेजको नाममा विदेश पठाउँदा धेरै विकृति देखिएको जानकारि दिनुभयो । भइरहेको पाइएको बताए । मन्त्री सिंहले शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरुको रेकर्ड सरकारसँग पनि नभएको जानकारि गराउदै त्यस्ता संस्थाहरुप्रति सरकारको कुनै उत्तरदायित्व नहुने बताउनुभयो ।

मन्त्रालय वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारीमा जुटेको पाइएको छ । पछिल्लो समय ९९ प्रतिशत भिजिट भिषामा जाने महिला कामदारहरु समस्यामा परेको पाइएपछि कन्सल्टेन्सी प्रति सरकारको चासो देखिएको हो । घरेलु कामदार पठाउन सरकारले रोके पनि जाने क्रम भने अहिलेसम्म पनि रोकिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ