Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणका क्रममा हाङ्जाओमा !

प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणका क्रममा हाङ्जाओमा !

आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर सिधै चिनको औपचारिक भ्रमणमा पुग्नुभएको छ । शुक्रबार राती न्युयोर्कबाट उडान भरेको प्रधानमन्त्री प्रचण्डसहितको टोली आज चीन पुगेको हो ।

न्युयोर्कबाट प्रधानमन्त्रीको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अरु परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका जानुभएको छ । अरु टोली नेपालबाटै चीन पुगेको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेटवार्ता हुने तय भएको छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी हाङ्जाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट पुगेकाले आज भेट हुने बताइएको छ । औपचारिक भेटवार्ता भएसँगै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद समारोहमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधि मण्डल आइतबार बेइजिङ पुग्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट भने सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड ८ दिन चीन भ्रमणमा रहनुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ