Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsके हो काठमाडौंका सडकमा रातो पोतिनुको अर्थ, द्रुत बस सेवाले कहिले पाउला विस्तार ?

के हो काठमाडौंका सडकमा रातो पोतिनुको अर्थ, द्रुत बस सेवाले कहिले पाउला विस्तार ?


काठमाडौं । उपत्यकाको एउटा रुटमा सुरु भएको द्रुत बस सेवाको दिगोपनमा सञ्चालनको सुरुवातदेखी नै प्रश्न उठाउन थालिएको छ । बुधबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा सुरु रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेसँगै यसको दिगोपनमा प्रश्न उब्जाउन थालिएको हो ।

द्रुत बस सेवाको व्यवस्था अनुसार साघुरो सडकमा रातो रंग पोतिएको डेडिकेटेड लेन अन्य बस तथा नीजि सवारी साधनलाई प्रयोग गर्न दिइदैन । बिहिबारबाट द्रुत सेवा दिने २५ वटा बसका लागि छुट्याइएको लेनमा अरु सवारी साधन गुड्न नदिइएपछि यो रुटको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि गुनासो बढ्न थालेको छ ।

द्रुत सेवा दिने २५ वटा बसका लागि छुट्याइएको लेनमा अरु सवारी साधन गुड्न नदिन र यस्तो लेनको प्रयोगबारे अध्यस्त बनाउन भन्दै बाक्लो मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएका छन् । बिहिबार द्रुत बस सेवा सञ्चालनकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत ट्राफिक जामका साक्षी बन्नुभएको थियो ।

आखिर सडकमा पोतिएको रातो रंगको अर्थ के हो ? विदेशमा कस्तो हुन्छ सेवा ?
बुधबारबाट काठमाडौंको एउटा रुटमा सुरु गरिएको द्रुत बस सेवाले एउटा सकारात्मक सुरुवात भन्दै प्रशंसा पाइरहेको छ । अष्ट्रेलिया अमेरिका लगायत विदेशका सडकहरुमा समेत रातो पोतिएका सडकहरु प्रशस्तै देख्न पाइन्छन । यस्ता सडकहरुमा पोतिएका रातो लाईनमा सार्वजनिक बसलाई मात्रै गुड्न दिइन्छ । यो लेनमा अत्यावश्यक सेवाका गाडी बाहेकलाई प्रवेश नदिइने भएकाले सार्वजनिक बसको सेवा विश्वसनिय र भरपर्दो छ, अर्थात जाममा बस्नुपर्ने, समयमा गन्तब्यमा नपुग्ने समस्या झेल्नुपर्दैन भन्नेमा ढुक्क छन् । नेपालमा सार्वजनिक यातायातको यात्रा विश्वसनिय छैन । जाम र जथाभावी रोक्ने, यात्रु चढाउने कारणले अस्तव्यस्तता बढिरहँदा सार्वजनिक यातायातको विश्वास बढाउन यो सेवा फलदायी हुने विश्वास गरिएको छ ।

सरकारकै सक्रियतामा सुरु भएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवाले निरन्तरता पाउँदै नेपालको सार्वजनिक सेवा परपर्दो छ भन्ने विश्वास बढाउन सक्छ कि बिचौमा यो सेवा रोकिन्छ ? सरकारमाथीकै परिक्षा सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ