Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल क्रिकेट संघको अध्यक्षमा पुन: चतुरबहादुर, पारस खड्काले मारे सचिवमा बाजी !

नेपाल क्रिकेट संघको अध्यक्षमा पुन: चतुरबहादुर, पारस खड्काले मारे सचिवमा बाजी !


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएर दोहोरिदा सचिवमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का विजयी हुनुभएको छ । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो भने सचिवमा खड्काले निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्नुभएको हो ।

सर्वसम्मत अध्यक्ष चुनिनुभएका चन्द यसअघि पनि अध्यक्ष नै हुनुहुन्थ्यो । यता, कुल ८५ मतदाता रहेको निर्वाचनमा पारसले ४८ र प्रशान्तले ३७ मत पाउनुभएको छ । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुनुहुन्छ । यसअघिका कोषाध्यक्ष रोशनबहादुर सिंह निर्विरोध क्यानको उपाध्यक्ष विजयी हुँदा पदमबहादुर खड्का पहिलो कार्यकालमै निर्विरोध कोषाध्यक्ष चुनिनुभएको छ । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन हुनुभएको छ ।

एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका छन् । कोशी प्रदेबाट अर्जुन पौडेलले सुनिल कुमार पौडेललाई १३ मतले पछि पार्नुभएको छ । मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको ४२४२ बराबरी मत आएपछि गोला प्रथाबाट कर्माचार्य विजयी हुनुभएको छ । बागमतीबाट दिवाकर घले ४६ भोट ल्याएर विजयी बन्दा सुदीप पिया ३६ मत मात्रै ल्याएर पराजित हुनुभएको छ । गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी बन्दा प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याउनुभएको छ । सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी बन्दा हरि रेग्मीले ३१ मत ल्याएर पराजित हुनुभएको छ । खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत, आयूषको ५१ र चन्दको ३४ मत पाउनुभएको छ । पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६ २६ मत आएपछि गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

निर्विरोध भएर दोश्रो कार्याकाल क्यान अध्यक्ष बन्नुभएका चन्दले तीन महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने प्रतिबद्धता जनाउनुभएको छ । भारत र पाकिस्तानसँग खेल्यौं अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ’ अध्यक्ष चन्दले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ