Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित, कारण यस्तो !

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित, कारण यस्तो !


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंमा खेपिरहेको बलात्कार मुद्दा आजपनि स्थगित भएको छ । आजका लागि सुनुवाइको पेसी तारिख तोकिएपनि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढी स्थगित भएको हो ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्धा पटक—पटक पेसी तोकेर स्थगित हुँदैआएको छ । विगतमा विभिन्न प्रमाण मगाउँदै र हेर्न नभ्याइने भनेर स्थगित हुँदैआएको पेसी पछिल्लो समय भने न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेका कारण प्रभावित हुँदैआएको छ । केही न्यायाधीश उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याउदा समस्या परेको बताइएको छ ।

मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने नै टुंगो लागेको छैन । क्रिकेटर सन्दीप यहि मुद्धाका कारण १९ औँ एसीयाली खेलकुद प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली चिन प्रस्थान गर्दा समेत छुटेका छन् । अदालती प्रक्रियामा ढिलाई गरेर सन्दीपमाथी अन्याय भएको भन्दै समर्थकहरुले गुनासो समेत गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ