Tuesday, 21 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप चीन उडे, एसियाडमा नेपाली टिमले कस्तो गर्ला प्रदर्शन ?

क्रिकेटर सन्दीप चीन उडे, एसियाडमा नेपाली टिमले कस्तो गर्ला प्रदर्शन ?


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन पुगेपनि आफूविरुद्धको नाबालिग बलात्कारको मुद्धाका कारण रोकिएका सन्दीप आज खेलमा सहभागि हुनेगरि चिने निस्किएका हुन ।

आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि आफू मानसिक रुपमा तयार नभएको भन्दै सन्दीप चीन जान मानेका थिएनन । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू नजाने बताएसँगै सोमबारका लागि काटिएको टिक रद्ध गर्नुपरेको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले भेटघाट गरेर एसियाडमा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले पनि सन्दीपले गएर खेल्नुपर्ने प्रस्ताव राखिएको थियो । यसपछि देशका लागि पदक ल्याउन आफ्नो भुमिका सहयोगी बन्ने जवाफ दिएर जान तयार भएका थिए ।

२९ पटक पेसी सरेर ११ महिनादेखी लम्बिएको मुद्धाका कारण यतिबेला क्रिकेटर सन्दीपले आफूलाई गाह्रो भइरहेको महसुश गरिरहेका छन् । फैसला जे आएपनि छिटो आए सहज हुने पक्षमा सन्दीप छन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले बुधबार मंगोलियासँग खेल्दै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ